Logo

उपनिर्वाचनको तयारी तीब्र, ४ लाख ५४ हजार मतदाता सहभागि



काठमाण्डौ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरु आन्तरिक गृहकार्यमा छन् । निर्वाचन गराउने जिम्मा पाएको निर्वाचन आयोग पनि यतिबेला निकै व्यस्त छ । सहज रुपमा उपनिर्वाचन सफल बनाउनका लागि आयोग तयारीमा व्यस्त भएको हो । सुरक्षा व्यवस्थादेखि सवै कुराको बन्दोबस्त गरेकोले निर्धक भएर उपनिर्वाचनमा मतदान गर्न निर्वाचन आयोगले आग्रह समेत गरेको छ ।

मंसिर १४ गते सैतीस जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । जसको लागि आवश्यक पर्ने सम्र्पुण तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । उपनिर्वाचनको लागि आर्थिक कार्यविधि, प्रतिनिधि सभा सदस्य, तथा प्रदेश सभा सदस्य उपनिर्वाचन निर्देशिका, स्थानिय तह उपनिर्वाचन निर्देशिका लगायत ५ वटा कार्यविधि निर्देशिका समेत जारी गरीसकेको आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेल

उपनिर्वाचनमा १६ राजनितिक दलले निर्वाचनमा भाग लिन दल दर्ता गराएको छ । २०७४ सालको निर्वाचन प्रयोजनका लागि दर्ता भएका दल समेतलाई जोड्दा १०१ राजनीतिक दलले निर्वाचनमा भाग लिन पाउने छन । एक मतदान केन्द्रमा बढीमा ११ सय सम्म मतदाता रहन सक्ने गरी मतदान स्थल तोकिएको छ । निर्वाचन आयोगले निर्वाचन आंचारसंसहिता समेत लागु गरीसकेको छ । निर्वाचन आंचारसंहिता उल्लघन गरे कारवाहीको लागि उपसमिति समेत बनाइ निरिक्षण गरीरहेको आयुक्त पौडेलले बताए ।

आगामी मंसिर १४ को ३७ जिल्लामा हुने विभिन्न ५२ पदको लागि हुने निर्वाचनको लागि ३७ जना निर्वाचन अधिकृत, ११ जना अधिकृत खटाइएको छ । उनीहरुलाई आवश्यक तालिम समेत दिइरहेको छ । निर्वाचनको लागि आवश्यक सामाग्रीहरु समेत व्यवस्थापन गरीसकेको आयोगले जनाएको छ ।

त्यस्तै मदताता शिक्षाका लागि विभिन्न संचारमाध्यमहरुमा विज्ञापन, पोष्टर पम्लेट, नमुना मतपत्र, पर्चा, हातेपुस्तिका जस्ता सामाग्रीहरु समेत छापीसकेको छ । उपनिर्वाचनको लागि सम्मुर्ण खर्च गरी हालसम्म २५ करोड खर्च भएको आयोगले जानकारी दिएको छ । उपनिर्वाचनमा कुल ४ लाख ५४ हजार १ सय १४ मतदाता सहभागी हुने छ । उपनिर्वाचनको लागि सम्पुर्ण व्यवस्था चुस्त दुरुस्त ढंगबाट तयारी गरेकोले निर्धक भएर मतदान गर्न मतदाताहरुलाई आयोगले आग्रह समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot