उदयपुर, कार्तिक १६ । गरिवी र अभाव भोग्न खप्पिस हामी नेपालीहरु न्यानो ओछ्यान त के भनेजस्तो आङभरी न्यानो लुगासमेत लाउन नपाईरहेको देखेरसुनेका छौं भने घर पालुवा जनावर गाईलाई न्यानो ओछ्यान दिएको कुरा सुन्दारदेख्दा अचम्मित हुनसक्छौं। तर, यो कुरा उदयपुरमा भने सत्य सावित गरेर देखाइएको छ।
जिल्लाको उदयपुरगढी गाउँपालिकाका गाईहरु हिजोआज न्यानो ओछ्यानमा सुत्न पाएका छन्। व्यवसायिक गाईपालन गर्दै आएका दर्जन किसानलाई ओछ्याउन ‘काउ म्याट’ वितरण गरेपछि ३ दर्जन बढी गाईले न्यानो ओछ्यान पाएका हुन्। गाउँपालिकाअन्तर्गत पशुपालन व्यवसाय गर्दै आएका वडा नं। ६ र ८ का ३३ जना कृषकलाई भर्खरै काउ म्याट वितरण गरिएको गाउँपािलका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए। उनका अनुसार गाउँपालिका र दातृ निकायको साझेदारीमा पहिलो पटक गाईलाई न्यानो ओछ्यानमा सुत्न म्याट वितरण गरिएको हो।
हेल्भेटास नेपालको सहयोग र गाउँपालिकाको समन्वयमा पशुपंक्षी शाखाले व्यवसायिक गाईपालन गर्ने किसानलाई म्याट वितरण गरिएको हो। किसानलाई गाई पालन व्यवसाय गर्न उत्प्रेरण जगाउने उदेश्यले काउ म्याट वितरण गरिएको गाउँपालिकाका कृषि प्राविधिक सहायक पारश फुयालले बताएको आजको नागरिक दैनिकमा खवर छ ।