Logo

करेन्ट लागेर मामा–भान्जाको मृत्यु



काठमाडौं, कार्तिक १६ । हात्ती धपाउन लगाइएको विजुलीको तारबार छुदा दुई जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–४ मा आज विहान दुई जनाको शव करेन्ट लागेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सरोदर मामा र भान्जा रहेका छन् ।

१८ वर्षीय भान्जा अविनाश राई र ३५ वर्षीय मामा मनिराम राईको करेन्ट लागेर मृत्यु भएको खवर पाएसंगै प्रहरी घटनास्थलमा पुगेको र शव पोष्टमार्टमको लागि अस्पताल पठाउने तयारी भईरहेको पनि प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्