पाकिस्तानको राजधानी इस्लामावादमा सरकार विरोधी प्रर्दशनले उग्र रुप लिएको छ । विपक्षी दलले सरकारविरुद्ध सडकमा मार्च पास गरे ।
आन्दोलनरत विपक्षि दलले प्रधानमन्त्री इमरान खानको राजीनामाको माग सहित कडा प्रर्दशन गरेका छन् । प्रधानमन्त्री खानले देश बेचेको तथा हालै भएको रेल दुर्घटनामा कैयौं नागरिकको ज्यान जादापनि राजिनामा नदिएको भन्दै आन्दोलन चर्किएको हो ।
देशभरका विभिन्न स्थानबाट राजधानी इस्लामावाद आएका विपक्षी दलका लाखौ कार्यकर्ताले प्रधानमन्त्री खानलाई घर जान वा राजिनामा दिन दुई दिनको अल्टीमेटम दिइसकेका छन् ।
शहरका विभिन्न क्षेत्रमा कडा सुरक्षा दस्ता तैनाथ राखेको छ । विभिन्न ठाँउमा प्रहरी र प्रर्दशनकारीबीच मुडभेड भइरहेको छ ।
–एजेन्सीको सहयोगमा