Logo

रक्सी पिलाएर साथीको हत्यापछि कुकुरलाई खुवाइयो



भारतको हरियाणा राज्यको सोनीपतमा एक जना युवकको आफ्नै साथीले हत्या गरेका छन् । सोनीपतको हसनगढ गाँउस्थित भएको उक्त घटनाबाट स्थानिय गाँउमा डर तथा त्रास फैलिएको छ ।

शुक्रबार अबेर राती भएको उक्त घटनामा ३५ बर्षिय रमेश नाम गरेका युवकको हत्या भएको छ । मृतक रमेश आफ्ना साथी मोनु नाम गरेका व्यक्तिलाई भेट्न जान्छु भन्दै घरबाट निस्कियको उनको परिवारले जनाएको छ । प्रहरीका अनुसार मोनुले रक्सी खुवायर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको छ ।

हत्यापछि रमेशको शवलाई कुकुरले टोकेको अवस्थामा प्रहरीले बरामद गरेको छ । मोनुले रक्सीको नसामा रहेका रमेशको घाँटि थिचेर मारेको प्रहरीले जनाएको छ ।

आकस्मिक हत्या देखाउन उनले कुकुरलाई प्रयोग गरेको प्रहरीको भनाई छ । मोनुलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ । हरियाणामा यस्तै प्रकृतिको घटना सन् २०१७ मा पनि भएको थियो ।
एजेन्सी



प्रतिक्रिया दिनुहोस्