Logo

चेल्सीले हरायो वाटफोर्डलाई



काठमाडौं, कार्तिक १७ । इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तगत शनिबार राती भएको खेलमा चेल्सीले वाटफोर्डलाई २–१ गोलअन्तरले हराएको छ । खेलको पाँचौं मिनेटमा नै अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा अघि रहेको चेल्सीले ५५औं मिनेटमा दोस्रो गोल गर्न सफल भएको थियो। ८०औं मिनेटमा डेउलोफेउले पेनाल्टीबाट गोल गर्दै वाटफोर्डलाई २–१ गोलको स्थितिमा ल्याए । चेल्सीको जितमा टमी अब्राहम र क्रिस्टियन पुलिसिकले गोल गरे । वाटफोर्डका लागि जेरार्ड डेउलोफेउले गोल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot