Logo

विद्यार्थीलाई नौ घण्टा बन्धक



काठमाडौं,कार्तिक १७ । नेसनल मेडिकल कलेज वीरगञ्जका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले अवैध शुल्क असुलेको विरोधमा बोल्ने विद्यार्थीलाई नौ घण्टा बन्धक बनाएको खुल्न आएको छ। अन्सारीले आफूहरूमाथि यातना दिएको नेसनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुको आरोप छ।

पीडित विद्यार्थीले कलेज प्रशासनले आफूहरूमाथि गरेको दुव्र्यवहारको विषयमा किटानी जाहेरी दिँदा पनि प्रहरी र जिल्ला प्रशासनले वास्ता नगरेको ती विद्यार्थीहरु बताउँछन्।

चिकित्सा शिक्षा संघर्ष समितिका सदस्य अनित सिन्हाका अनुसार अन्सारीले कलेजको ज्यादतीको विरुद्धमा आन्दोलनमा उत्रिएका विद्यार्थीलाई कलेज परिसरमा रहेको बाटो आफूहरूको निजी भएको र त्यो बाटोमा आन्दोलन गरे लखेट्ने धम्की दिएका थिए।

‘अन्सारीले कलेजअघि रहेको उक्त बाटो कलेजले किनेको निजी भएकाले सार्वजनिक स्थानमा गएर मात्र प्रदर्शन गर्न र उक्त ठाउँमा आन्दोलन गरे ठिक पार्ने धम्की दिए,’ सिन्हाले भने, ‘अन्सारीको धम्कीपछि विद्यार्थीले आफ्नो हकहित र कलेज प्रशासनको अत्यचारविरुद्ध वीरगञ्जको घण्टाघरमा गएर विरोध गर्ने कार्यक्रम तय भएको थियो।

तर विद्यार्थी घण्टाघरमा गएर आन्दोलन गर्ने सुइँको पाएपछि अन्सारीले विद्यार्थीलाई करिब ९ घण्टासम्म कलेजभित्र नै बन्धक बनाएको खवर आजको नागरिक दैनिकले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्