Logo

तपाईलाई भिटामिन ‘डी’ को कमि भएको त छैन?



काठमाडौं, कार्तिक १७ । नेपालमा पछिल्लो समय भिटामिन डी को कमीले धेरैलाई सताएको छ । अनेक किसिमका रोग लागेपछि कोही नसा रोगको शंकामा न्युरोलोजिस्टकहाँ पुग्छन् त कोही हाडजोर्नी, मधुमेह, थाइराइडको उपचार गर्न जान्छन्।

‘मधुमेह, नसा सबै सामान्य हुन्छ, परीक्षण गर्दै जाँदा भिटामिन ‘डी’ को कमी भेटिन्छ,’ वीर अस्पतालका न्युरोलोजिस्ट डा। सुनिल कोइराला भन्छन् ।

वीर अस्पताल न्युरोलोजी विभागका अनुसार दैनिक उपचारमा आउने १ सय ३० जनामध्ये ६० प्रतिशत बिरामीमा भिटामिन डी को कमी भेटिन्छ । भिटामिन ‘डी’ को औषधि दिएपछि त्यस्ता बिरामी निकोसमेत भएको डा।कोइराला बताउँछन्।

जाडोयाममा भिटामिन डी कति उपयुक्त ?

– कुनै पनि रोगसँग लड्ने प्रतिरक्षा शक्ति विकास गर्ने
– शरीरमा हुन सक्ने कुनै पनि संक्रमणबाट बाच्न
– मस्तिष्कको क्रियाकलापमा सुधार ल्याउन
– शरीरमा क्यान्सरको कोष वृद्धि हुन नदिन
– प्रफुल्ल मन्द्रा र राम्रो निन्द्रा बनाउन
– मुटु रोगको जोखिमबाट बच्न

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल जनरल विभागका प्राध्यापक डा।योगेन्द्र शाक्य पनि सामान्य परीक्षण गर्न आएका धेरैमा भिटामिन डी को कमी पाइएको बताउँछन् ।

जनरल चेकअप सामान्य परीक्षण गर्न आएकामध्ये २०र३० प्रतिशत मानिसमा भिटामिन डी कमी भेटिएको उनले जानकारी दिए । लक्षणका आधारमा परीक्षण गर्दा यस्तो पाइएको डा।शाक्यको भनाइ छ।



प्रतिक्रिया दिनुहोस्