एक पटक राजा पाण्डु आफ्नो दुई पत्निहरु कुन्ती तथा माद्रीका साथमा शिकार गर्नको लागि जंगल गएका थिए । त्यहा उनीहरुले मृगको जोडी मैथुनरत देखे । पाण्डुले तत्काल आफ्नो बाणबाट त्यस मृगलाई घाइते बनाए । मर्दै गर्दा त्यस मृगले पाण्डु लाई श्राप दियो, “राजन ! तिमी सरह क्रुर पुरुष यस संसारमा कोही पनि छैन होला । तिमीले मलाई मैथुनको समय बाण हानेका छौ अतः जब कहिले तिमी मैथुनरत हुने छौ त्यसबेला तिम्रो मृत्यु हुने छ ।”
यस श्रापबाट पाण्डु अत्यन्त दुःखी भए र आफ्नो रानीहरुसँग भने , “हे देविहरु ! अब म आफ्नो सबै वासनाहरु त्याग गरेर यस वनमा नै बस्छु । तिमीहरु हस्तिनापुर जाओ” उनको यस्तो वचन सुनेर रानीहरुले दुःखी हुँदै भने , “नाथ ! हामी तिमी बिना एक क्षण पनि जीवित रहन सक्दैनौ । हामीलाई पनि वनमा आफुसँग बस्ने कृपा गर ।” पाण्डुले उनीहरुको अनुरोधलाई स्वीकार गरेर उनीहरुलाई वनमा आफ्नो साथ बस्ने अनुमति दिए ।
यस समयमा राजा पाण्डुले अमावस्याको दिन ऋषिमुनिहरु ब्रह्मा जीको दर्शनको लागि जादै गरेको देखे । उनले ऋषिमुनिहरुसँग आफुलाई पनि साथै लैजान आग्रह गरे । उनको यस आग्रहलाई ऋषिमुनिहरुले भने, “राजन ! कुनै पनि निःसन्तान पुरुष ब्रह्मलोक जाने अधिकारी हुन सक्दैन अतः हामी तिमीलाई हामीँंैग लैजान असमर्थ छौ ।”
ऋषिमुनिहरुको कुरा सुनेर पाण्डुले आफ्नो पत्नीसँग भने, “हे कुन्ती ! मैले लिएको व्यर्थ छ किनभने सन्तानहीन व्यक्तिले पितृऋण, ऋषिऋण, देवऋण तथा मनुष्यऋणबाट मुक्ति पाउन सक्दैन के तिमी पुत्र प्राप्तिको लागि मलाई सहायता गर्न सक्छेउ ?“ कुन्तीले भनिन , “हे आर्यपुत्र ! दुर्वासा ऋषिले मलाई यस्तो मन्त्र दिएका छन जसबाट म कुनै पनि देवतालाई बोलाएर मनोवांछित वस्तु प्राप्त गर्न सक्तछु । तिमी आज्ञा गर म कुन देवतालाई बोलाउ ।”
यसमा पाण्डुले धर्मलाई आमन्त्रित गर्ने आदेश दिए । धर्मले कुन्तीलाई छोरा दिए जसको नाम युधिष्ठिर राखीयो । कालान्तरमा पाण्डुले कुन्तीलाई पुनः दुई पटक वायुदेव तथा इन्द्रदेवलाई बोलाउने आज्ञा दिए । वायुदेवबाट भीम तथा इन्द्रबाट अर्जुनको उत्पत्ति भयो । तत्पश्चात् पाण्डुको आज्ञाबाट कुन्तीले माद्रीलाई त्यो मन्त्रको शिक्षा दीइन । माद्रीले अश्वनीकुमारलाई बोलाईन र नकुल तथा सहदेवको जन्म भएको थियो ।
-धार्मिक ग्रन्थको सहयोगमा