Logo

रुवाबासी चल्यो, डुबेको बसभित्रबाट यसरी निकालियो यात्रु (भिडियोसहित)



सिन्धुपाल्चोक, १८ कात्तिक । बस सडकबाट एक सय मिटर तल खस्यो । भीरबाट खस्दा खस्दै केही यात्रु फुत्कन सफल भए । बल्ट्याङ खाँदै खसेको बस सुनकोशीको चीसो पानीमा डुब्यो ।

बस उत्तानो परेको अवस्थामा डुब्दा माथिको केही भाग डुब्न पाएन । रुवाबासी चल्यो । यात्रु बचाउ भन्दै चिच्याउन थाले । सुनकोशीमा र्याफटिङ डुंगामा प्रहरीको उद्धार टोली आइपुग्यो । जसका कारण अझ ठूलो मानवीय क्षति हुनपाएन ।

उद्धार गर्दा गर्दै केही मानिसहरुलाई सुनकोशीले बगाइरहेको देखिन्थ्यो । बच्चा र महिलाको रुवाबासी चलिरहेकै थियो । निकै जटिल अवस्थामा पनि दुईवटा र्याफटिङले उद्धार गर्यो । मानिसहरुलाई नदीमा डुबेको बसबाट झिकियो ।

आइतबार सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशीमा बस खसेको थियो । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ को यात्रुबाहक बस खस्दा दर्जनभन्दा बढी यात्रुको मृत्यु भयो ।

हेर्नुहोस् भिडियो:



प्रतिक्रिया दिनुहोस्

Screenshot