Logo

स्टाफसँगको रोमान्सले एक अर्ब ८० करोड तलब थाप्ने म्याकडोनाल्ड्सका सीइओको जागिर चट्



जुनियर कर्मचारीसँग रोमान्समा लागेपछि म्यागडोनाल्ड्सले सीइओ स्टेभ इस्टरब्रुकलाई आइतबार बर्खास्त गरेको छ । कम्पनिको मूल्य र मान्यता विपरित उनी आफ्नै जुनियर कर्मचारीसँग रोमान्समा परेका थिए । उनी प्रतिवर्ष एक करोड ५९ लाख अमेरिकी डलर अर्थात् एक अर्ब ८० करोड नेपाली रुपैयाँ तलब वार्षिक रुपमा थाप्थे ।

अमेरिकामा केन्द्रीय कार्यालय रहेर संसारका अधिकांश देशमा फाष्ट फुड संचालन गर्दै आएको ब्रान्डका सीइओले गल्ती स्वीकार गरेका छन् । उनले आफ्ना कर्मचारीलाई इमेल गरेर आफू सम्बन्धमा रहेकार त्यो ठूलो गल्ती भएको स्वीकारेका हुन् ।

५२ वर्षीय इस्टरब्रुक पत्नीसँग पारपाचुके गरेर एक्लै छन् । तैपनि, उनको सम्बन्ध म्याकडोनाल्डस्को नीति विपरित हुनगयो । निकै मिहेनत गरेर उनी सीइओ बन्न सफल भएका थिए । सन् २०१५ मा म्याकडोनाल्डस्को सीइओ नियुक्त हुनुअघि पिज्जा एक्सप्रेस, वागमामालगायतमा काम गरेका थिए ।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्