Logo

ओली–दाहालबाट माधव नेपाललाई फेरि धोका !



काठमाडौं, १८ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेशका प्रमुखहरुको नाम सिफारिश गरेको छ । आज विहान बसेको सचिवालय बैठकले ७ वटै प्रदेश प्रमुखरुको नाम सरकारलाई सिफारिश गरेको हो । तर, पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई भने अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हेरेको हेरै बनाईदिए ।

ओली र दाहालले आफ्नो मान्छेमात्रै प्रदेश प्रमुखमा सिफारिश गरेपछि माधव नेपाल रुष्ट छन् । उनले आजको बैठकमा पनि प्रदेश प्रमुखहरुको नाम सिफारिशबारे आफ्नो गम्भिर असन्तुष्टि पोखेका थिए । तर, ओली र दाहालले कुनै सुनुवाई नै गरेनन् । प्रदेश प्रमुखहरुको नाममा चार जना ओली पक्ष र तीन जना दाहालको भागमा परेका छन् । दाहालको भागबाट अमिक शेरचन, तिलक परियार र शर्मिला त्रिपाठीको नाम सिफारिश गरिएको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्