Logo

कांग्रेसका पालाका प्रदेश प्रमुख किन हटाईए ? यसो भन्छन् विष्णु पौडेल



काठमाडौं, १८ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले सरकारको गतिमा काम गर्नका लागि नयाँ प्रदेश प्रमुखको सिफारिस गरिएको स्पष्ट पारेका छन । नेकपाको आज प्रधानमन्त्री निवास बालुटावारमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै उनले सरकारलाई काम गर्न सजिलो पार्न प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ सिफारिस गरिएको जानकारी दिएका हुन् ।

“प्रदेश प्रमुख सरकारको प्रतिनिधिका रुपमा रहने संवैधानिक व्यवस्था छ, स्वाभाविक रुपमा सरकार बदलिएपछि सरकार प्रमुखले पनि सोच्नुपर्ने आवश्यकता थियो, सरकारले लामो समय प्रतिक्षा पनि ग¥यो”, उनले भनेका थिए, “सरकारको गतिमा प्रतिनिधि भूमिकामा काम गर्न सक्ने उपयुक्त पात्रको छनोट गर्ने प्रक्रियामा सरकार लागेकाले नयाँ प्रदेश प्रमुखको नाम सिफारिस गरिएको हो ।”

नेकपाको आज बसेको बैठकले अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी प्यासी (कास्की), तिलक परियार (बाँके), शर्मिला त्रिपाठी (काठमाडौँ), धर्मनाथ यादव (सिरहा), विष्णु प्रसाईं (झापा), र गोविन्द कलौनी (डडेल्धुरा) लाई प्रदेश प्रमुखमा सिफारिस गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिईन्।

सञ्चारकर्मीको प्रश्नमा उहाँले प्रदेश प्रमुखले काम गर्न सकेको वा नसकेको भन्नेमा जानुभन्दा पनि सरकारले अहिले आफ्नो प्रतिनिधिका रुपमा अगाडि सार्ने काम गरेको जानकारी गराए । लोकतन्त्रमा विरोध गर्ने सबैको अधिकार हुने भएकाले प्रदेश प्रमुख हटाउने सरकारको निर्णय विरुद्ध प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले पनि विरोध गर्नसक्ने बताए । file photo/Mukunda Kalikote-RCN



प्रतिक्रिया दिनुहोस्