Logo

प्रदेश प्रमुखको शपथ आज



काठमाडौं, कार्तिक १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६३ २ अनुसार सोमनाथ अधिकारीलाई प्रदेश १, तिलक परियारलाई प्रदेश २, विष्णुप्रसाद प्रसाईंलाई प्रदेश ३ र अमिक शेरचनलाई गण्डकी प्रदेश प्रमुखमा सोमबार नियुक्त गरेकी हुन्।

त्यस्तै धर्मनाथ यादव प्रदेश ५, गोविन्दप्रसाद कलौनी कर्णली प्रदेश र सर्मिलाकुमारी पन्त सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot