Logo

महराका ‘रुममेट’ पूर्व डिआइजी र आइजीपी



काठमाडौं, कार्तिक १९ । जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको कसुरमा पूर्व सभामुख कृष्णबहादुर महरालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।

कारागारमा पूर्वआईजीपी ठकुरीसँगै महरालाई सदरखोर डिल्लीबजारको ‘क’ ब्लकमा पूर्वआईजीपी रमेशचन्द ठकुरीसँगै राखिएको छ । ठकुरी सुडान घोटालामा प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल परेका हुन् ।

महरालाई सामान्य कैदी बस्ने कोठामा राखिएको हो । यसअघि उक्त कोठामा सुडान घोटाला प्रकरणमा सर्वोच्चबाट दोषी ठहर भएका पूर्वआईजीपी ओमविक्रम राणालाई समेत राखिएको थियो । राणा जेल सजाय भुक्तान गरी रिहा भइसकेका छन् । आजको कान्तीपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्