Logo

तेस्रोपटक थप्दापनि ५५ प्रतिशत काम



काठमाडौं, कार्तिक १९ । पथलैया–वीरगञ्ज व्यापारिक मार्ग निर्माणको म्याद तेस्रोपटक थप गरेर पनि ५५ प्रतिशतमात्र काम सम्पन्न भएको छ ।

२०७३ असारमा सुरु भइ ३० महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता भएपनि आयोजनाको काम अझै आधा बाँकी छ ।

२०७३ असार २९ गतेबाट निर्माण सुरु भएको यो मार्गअन्तर्गत ७ प्याकेज छन् भने ५ अर्ब २० करोडमा ठेक्का सम्झौता भएको हो ।

यसपटक म्याद थपिएपनि निर्माण कम्पनीको कार्य सुस्त बनेपछि अझै तीन वर्षमा पनि आयोजना सम्पन्न हुने अवस्था देखिँदैन ।

६ लेनको उक्त मार्ग निर्माणमा सरकारी निकायको अनुगमन नै फितलो बनेपछि पथलैया–वीरगञ्ज व्यापारिक मार्ग यतिबेला अन्योलमा परेको हो । आजको कारोबार दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot