Logo

माधव नेपालको ‘नोट अफ डिसेन्ट’लाई प्रचण्डले सामान्य रुपमा लिए



काठमाडौं, १९ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश प्रमुखहरुको नियुक्तीबारे पार्टीकै बरिष्ठ नेता माधव नेपालको नोट अफ डिसेन्टलाई सामान्य रुपमा लिएका छन् । बाँकेमा आयोजित पत्रकारहरुसँगको साक्षात्कार कार्याक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने,‘माधवजीले एक दुई जनाको नाम प्रस्ताव गर्नुभएको थियो । र, त्यसमा जोड दिनुभएको थियो । त्यो नभएपछि चित्त नबुझेर नोट अफ डिसेन्ट लेख्नु स्वाभाविक हो । वहाँले मान्दिन भन्नुभएको छैन, भिन्न मत छ भन्नुभएको छ ।’ दाहालले आफ्नो पार्टी उदार र लचिलो भएको हुनाले अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको बताए ।

दाहालले भने, ‘हाम्रो सरकार अलिक उदार र लचिलो भएको हुनाले र कसैलाई चिक्त नदुखोस् भन्ने हुनाले भएकाले उहाँहरुलाई दुई वर्ष काम गर्न दिइयो । अहिले फेर्न उचित हुने ठानेर फेरेका हौँ । यो सरकारको क्षेत्राधिकार भित्रको कुरा हो । यसलाई ठूलो ठान्नु पर्ने विषय होइन ।’



प्रतिक्रिया दिनुहोस्