Logo

कमल थापाद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, उठाए कालापानी र लिपुलेकको कुरा



काठमाडौं, १९ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले कालापानी र लिपुलेकबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

आज विहान एक ट्विट गर्दै अध्यक्ष थापाले भने,‘कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि हो।भारतले सो भू-भाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर बिरोध गर्दै आएको छ। हालै भारत सरकारले जारीगरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ।यो आपत्तिजनक र अस्विकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न @PM_Nepal को ध्यान जाओस् ।’



प्रतिक्रिया दिनुहोस्