Logo

विश्व प्रसिद्ध फोर्ब्स मिडियालाई अन्तवार्ता दिदै बिनोद चौधरीले भने- नेपालमा व्यापार विस्तार चुनौतीपूर्ण



बिनोद चौधरी फोर्ब्स म्यागाजिनको अर्बपतिको सूचीमा परेका एकमात्र नेपाली हुन् । उनको उत्पादनको ब्रान्ड जस्तै विश्वमञ्चमा पृथक परिचय बनिसकेको छ । त्यसैले विदेशी मिडियाले पनि उनलाई महत्व दिन थालेका छन् ।

विश्व प्रसिद्ध पत्रिका फोर्ब्सले उनको अन्तरवार्ता लिएको छ । उनले भिडियो अन्तवार्तामा आफ्नो सफलताको कथा व्यथा सुनाएका छन् ।
फोब्र्सले उनलाई अन्तरास्ट्रिय बजारमा नेपालको नाम राखेका व्यक्तिका रुपमा उल्लेख गरेको छ । उनको सी जी ब्रान्ड चल्तीको छ । उनले फोर्ब्सको अन्तरवार्तामा नेपालको प्रत्येक व्यवसायको ब्याकबोन भनेर आफुलाई भनेका छन् । फोर्ब्सका अनुसार उनी नेपालको एक मात्र अर्बपति हुन् । उनको सबैभन्दा ठूलो सम्पत्ति नबिल बैंकको शेयर, सिजी फूड र वाई वाई चाउचाउमा रहेको उल्लेख छ ।

परोपकारी कार्यको लागि सन् २०१५ मा नेपालबाट फोर्ब्सको पत्रिकाको मुख्य पृष्ठमा स्थान पाउने पहिलो व्यक्ति समेत भएका थिए ।
उनले आफ्नो अन्तरवार्तामा कसरी आफ्नो ब्यापारलाई परिभाषित गर्ने र कसरी समाज सम्म पुर्याउने भन्नेमा जोड दिएका छन् । कसरी आफ्नो ब्राण्ड परिवर्तन भएको समाज सम्म पुर्याउने भन्ने बारे खुलाएका छन् । तात्कालिक नाफाका लागि नाफा मात्र नभएर कुनै उद्देश्यको लागि हुनु पर्नेमा जोड दिएका छन् ।

आफुले विदेश गएर विश्व प्रख्यात कम्पनीहरुलाई नेपालमा ल्याएको र कामको वातावरण सिर्जना गरेको बताएका छन् । राजनीतिक स्थिरता नभएको नेपाल जस्तो सानो देशमा व्यापार विस्तार गर्नु निकै चुनौती भएको बताएका छन् । Photo Source : Forbes

 

 



प्रतिक्रिया दिनुहोस्