Logo

भन्सार विभाग र व्यापार निकासी प्रवद्र्धन केन्द्रबीचको तथ्याङ्क फरक



काठमाण्डौ । तेस्रो मुलुकबाट नेपाल भित्रिने सामानको आयात तथा नेपालबाट विदेश भित्रिने सामानको निर्यातको तथ्यांक राख्ने सरकारी दुई निकायको तथ्यांक फरक फरक पाइएको छ । भन्सार विभाग र व्यापार निकासी प्रंवद्र्धन केन्द्रले आफ्ना छुट्टा छुट्टै वेभसाईटमा राखेको व्यापार घाटाको तथ्यांक नै फरक पाइएको हो । दुृवै सरकारी निकायको तथ्यांमा निर्यात बढेर गएको छ । तर, विश्लेषकहरु निर्यात हुनेक्रम बढेर जाँनु सकारात्मक भएपनि गैर कृषि र कृषि क्षेत्र डामाडोल रहेकाले तथ्यांक कागजमा सिमित रहेको दावी गर्छन् ।

भन्सार विभागको आफ्नो वेभसाईटमा राखेको तथ्यांक अनुसार साउन र भदौ दुई महिनामा १.२२ प्रतिशतले आयात घटेको छ भने सोही अवधिमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले राखेको तथ्यांक अनुसार १.२ प्रतिशतले आयात घटेको छ ।

तथ्यांकमै शुन्य दशमलब २ अंकको फरक देखिन्छ । भन्सार विभागले निर्यात २५.८७ प्रतिशतले बढेको देखाएको छ भने प्रवद्र्धन केन्द्रले २५.९ प्रतिशतले बढेको देखाएको छ । विभागले आयात निर्यातको अनुपातमा निर्यात बढ्न पुग्दा व्यापार घाटाको अवस्था ३.५ प्रतिशत देखाउदा प्रवद्र्धन केन्द्रले ३. ४ प्रतिशत रहेको देखाएको छ ।

दुई सरकारी निकायको तथ्यांक फरक पाईनुले आशंका सिर्जना गराएको छ । विश्लेषकहरु तथ्यांकप्रति नै शंका व्यक्त गर्छन् । मुलुकको अर्थतन्त्रमा कृषि र गैर कृषि क्षेत्रको योगदान घटेर गएको अवस्थामा निर्यात बढेर गएको भन्नुले तथ्यांक नै झुटो भएको विश्लेषकसमेत रहेका राजनीतिज्ञ मुरली सिंह बताउँछन् ।

दुई महिनामा व्यापार घाटा ३. ५ प्रतशित कम हुदा तीन महिनामा व्यापार घाटा १२.०२ प्रतिशतले कम हुन पुगेको छ । सरकारी निकायकै तथ्यांकले पनि विदेशमा बस्ने ८० लाख नेपाली युवायुवतीहरुले पठाएको रेमिट्यान्सले नेपाली अर्थतन्त्र धानिएको छ । रेमिट्यान्सको ठूलो हिस्साको रकम सामान आयातका लागि विदेश नै जाने गरेको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक बर्षको साउँ भदौ र असोजसम्मको तीन महिनामामात्रै विदेशबाट ३ खर्ब ३४ अर्ब ९४ करोड ९३ लाखको सामान नेपाल भित्रिएको छ । यो गतबर्षको सोही अवधिको तुलनामा १०.३४ प्रतिशतको कमि हो । गत साल पनि ३ खर्ब ७३ अर्ब ५८ करोड ७२ लाखको सामान नेपाल भित्रिएको थियो ।

विदेश जाने रकमको तुलनामा न्यून रकमको मात्रै सामान विदेशमा निर्यात हुनेगरेको छ । तथ्यांकले नेपालबाट २७ अर्ब १६ करोडको सामान तेस्रो मुलुकमा निर्यात भएको भनिएको छ । निर्यात १४. ४१ प्रतिशतले बढेको देखाएको छ । निर्यात बढ्न पुग्नु सकारात्मक कुरा भएप्नि रेमिट्यान्स र जनताले तिरेको करको रकमबाट नेपाली अर्थतन्त्र चलिरहेको कसैबाट लुकेको छिपेको छैन ।

विश्व बजारमा नेपालका पस्मिना, गलैचा, अदुवा, अलैची, हस्तकलाका सामग्री, चिया कफिजस्ता नेपाली उत्पादनको माग थियो र निर्यात हुने गरेको थियो । तर, यी सबै सामग्रीको उत्पादन, वितरण र संरक्षण गर्ने उद्योगहरुको संरक्षण नगर्दा यी सामानको उत्पादन नै घटेर गएको छ । यस्तो अवस्थामा तथ्यांकले निर्यात बढ्नुलाई कागजमा सिमित तथ्यांकको रुपमै विश्लेषण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्