Logo

शौच गर्न गएका १६ जनालाई स्यालले टोक्यो



काठमाडौं, कार्तिक २० । एकै दिनमा १६ जनालाई टोक्दा गाउँ नै आतंकित बनेको छ। सिरहाको लहान नगरपालिका–४ मा मंगलबार बिहान बौलाहा स्यालले गाँउमा आतंक मच्चाएको हो ।

सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको शिशुगारीबाट निस्केको बैलाहा स्यालले कुमहालटोलमा १६ जनालाई टोकेपछि गाउँले त्रसित भएका छन्।

एकाबिहानै शौचका लागि घरबाहिर निस्केको बेलामा सेतो रंगको बौलाहा स्यालले टोक्दा उनीहरू घाइते भएका छन्। तराईमा शौचालय अभावमा मानिसहरू खुला ठाउँमा शौच गर्न जाने गर्दछन्।घाइतेहरु पाँच बर्षदेखि ७० बर्ष सम्मका छन् ।



प्रतिक्रिया दिनुहोस्