Logo

हरेक वर्ष नेपाल आउँछन् गोविन्दा



काठमाडौं, २० कात्तिक । बलिउड स्टार गोविन्दा नेपाल आएका छन् । उनी वीरगञ्जमा हुन गइरहेको नेपाली फिल्म फेस्टिभलमा सहभागी हुन मंगलबार काठमाडौं आइपुगेका हुन् ।

गोविन्दाको साथमा पत्नी सुनिता पनि आएकी छिन् । गोविन्दाकी पत्नी सुनिताकी आमा काठमाडौंको साखुकी हुन् । नेवार समुदायकी आमाकी छोरी सुनिता नेपाली प्रष्ट बोल्छिन् । सुनिताका कारण गोविन्दा पनि अलिअलि नेपाली बुझ्छन् । उनले विमानस्थलमा पत्रकारहरुका सामु भने, ‘अलिअलि नेपाली बुझ्छ् ।’
गोविन्दा सबैभन्दा बढी नेपाल आउने बलिउड नायक हुन् । उनी प्रत्येक वर्ष पशुपतिनाथको पूजाअर्चना गर्न आउने गर्छन् । सुनिताले भनिन्, ‘हरेक वर्ष पशुपतिनाथको दर्शन गर्न आउँछौं ।’

गोविन्दालाई बलिउडका सदावहार नायक भनिन्छ । उनले धेरै चलचित्रमा अभिनय गरेका छन् ।

गाविन्दा सहभागी हुन लागेको फिल्म फेस्टिभल २१ कात्तिकबाट वीरगञ्जमा शुरु हुनेछ । फिल्म फेष्टिभलमा सहभागी हुन चलचित्र नायक नायिका वीरगञ्ज पुग्न थालिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्