Logo

दुई युवतीले गरे एकैसाथ आत्महत्या



दुई युवतीले एकैसाथ आत्महत्या गरेका छन् । उनीहरु किशोरावस्थाका थिए र विवाह गरेको केही वर्ष मात्र भएको थियो । दुवैले दाजुभाईसँग विवाह गरेका थिए ।

घटना पाकिस्तानको हो । दक्षिणी पाकिस्तानको विपन्न क्षेत्रमा नाथु बाई र भिरु बाईको शव खेतमा भेटिएको थियो । घटना आत्महत्या भनिएपनि कारणबारे गम्भीर चासो भइरहेको छ ।

इस्लामकोट नजिकैको गाउँमा घटनापछि त्यहाँको प्रहरीले अनुसन्धान थालेको छ । यसअघि पनि त्यस क्षेत्रमा धेरै महिलाले आत्महत्या गरिसकेका छन् ।

कृषिमा आश्रित इस्लामकोट क्षेत्रमा गरिबी बढेर मात्र घटना भएको होइन । त्यहाँ घरेलु तनाब पनि बढिरहेको बताइएको छ । गरिबी, जनसंख्याको पलायन बढेको छ । स्रोतको धनी भइकन त्यस क्षेत्रमा जनसंख्याको पलायन र गरिबी बढेको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot