Logo

अफताब आलमको पक्षमा बहस गर्न क-कसले नाम लेखाए ?



काठमाडौं, २० कात्तिक । जिउँदै मान्छे ईट्टाभट्टामा हालेर हत्या गरेको अभियोगमा पक्राउ परेका मोहम्मद अफताव आलमको बयान रौतहट जिल्ला अदालतमा जारी छ। आलमको बयान हिजो (मंगलबार) नसकिएकाले आज बुधबार बिहान १० बजे नै अदालतमा हाजिर गराईएको छ ।

आलमलगायत १० जना विरुद्ध कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र बम बिस्फोटको मुद्दामा बयान लिइएको हो। सांसद आलममाथिको थुनछेक बहस बुधबार सुरु हुनेछ। न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान लिखत् भएको थियो । अदालत प्रशासनका अनुसार आलमलाईउपलब्ध सबुत प्रमाणका आधारमा घटनाका बिषयमा प्रश्न सोधिएको थियो।

श्रेष्तेदार पराजुलीले बुधबार आलमको बयान समयमै सकिए थुनछेक बहस हुनेछ । अफताब आलमको पक्षमा बहस गर्न वकालतनाम लेखाउन अधिवक्ताहरुमा शम्भु थापा, रमण श्रेष्ठ, शेरवहादुर केसी, हरिहर दाहाल र योगेन्द्र अधिकारी लगायत रहेको छन् । उता, पीडितको पक्षमा वकालतनामा लेखाउने अधिवक्ताहरुमा भने युवराज संग्रौला, पुष्पराज पौडेल, उमा शर्मालगायत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्