Logo

नेविसंघले निकाल्यो भारतको विरोधमा जुलुश (फोटोफिचर)



काठमाडौं, २० कात्तिक । भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पनि भारतको नयाँ नक्साको विरोध गर्दै प्रदर्शन गरेको छ।

यसअघि भारतले जम्मु कस्मिरलाई दुई केन्द्रशासित क्षेत्र बनाएको नयाँ नक्सा सार्वजनिक गरेको थियो। उक्त नक्सामा नेपालले दाबी गर्दै आएको कालापानी, लिपुलेकलाई भारतीय सीमाभित्र राखिएको छ। भारतको उक्त नक्साको नेपालमा अहिले चर्को विरोध भइरहेको छ।

नेविसंघका विद्यार्थी तथा नेताहरुले काठमाडौंस्थित् भारतीय दुतावास छिर्ने एम्बासडर होटल आसपासमा विरोध प्रर्दशन गरेका थिए । उनीहरुले ‘लिपुलेक हाम्रो हो’, ‘विदेशी हस्तक्षेप मुर्दावाद’, ‘भारतीय विस्तारवाद मुर्दावाद’, भारतले सिमा मिच्ने, केपी ओली टुलुटुलु हेर्ने’ लगायतका चर्का नारा लगाएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्