Logo

ओली–उपेन्द्र यादवको बोलचाल बन्द ! सरकार छाड्ने समाजवादीको चेतावनी



काठमाण्डौ । पटक–पटक सरकार छाड्ने घुर्की देखाइरहेको समाजबादी पार्टी नेपाल प्रदेश प्रमुख हेरफेरको विषयलाई लिएर पुन सरकारसंग असन्तुष्ट बनेको छ । आफूसँगको सहमति विनै प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ती गरिएको भन्दै उसले पुन सरकार छाड्ने चेतावनी दिएको छ । यसअघि सो दलले संविधान संशोधनको मुद्धा उठाउदै आएको थियो । गठबन्धन सरकार हँुंदा पनि सरकारले बहुमतको दम्भ देखाएर एकलौटि निर्णय गरेको उसको पछिल्लो गुनासो छ ।

उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र प्रधानमन्त्री केपी ओलीबीच त यही विषयले बोलचाल नै बन्द भएको चर्चा चलेको छ । यसअघि संविधान संशोधनको माग पुरा नगरेको भन्दै असन्तुष्टि राख्दै आएको सो दल अहिले प्रदेश प्रमुख हेरफेपछि पुन बिच्किएको हो । सात वटै प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गर्दा समेत कुनै परामर्श नगर्नु तथा जानकारी समेत नगराउनु आफूमाथि अपमान गरिएको सो दलका नेताहरुको बुझाई छ । गठबन्धन सरकार हँुंदा पनि सरकारले बहुमतको दम्भ देखाएर एकलौटि निर्णय गर्ने कामलाई नरोकेपछि आफुहरु सरकारमा बस्नुको औचित्य समाप्त भएको नेताहरुको प्रतिकृया छ ।

त्यसो त संविधान संशोधनको माग राख्दै असन्तुष्टि पनि जनाउने, संविधान दिवस पनि नमनाउने तर सरकारमा बस्ने भन्दै समाजबादी पार्टी पहिल्यैदेखि आलोचित छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारको उपप्रधान एव्म स्वास्थ्य तथा जनसंख्यामन्त्री हुन । दोहोरो चरित्र देखाएको भन्दै सरकार छाड्न पार्टीकै नेताहरुबाट उनले दवाव खेप्दै आएका छन् । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसंग एकतापछि सरकारमा बस्ने कि बाहिरने भन्ने विषयमा पार्टीभित्रै विवाद देखिदैगर्दा प्रदेश प्रमुख हेरफेरको विषयले सो पार्टीमा पार्टी छाड्नुपर्ने मतको पल्लाभारी देखिएको छ ।

अर्का अध्यक्ष डा.बाबुराम भट्टराईसहित महामन्त्री रामशायप्रसाद यादव, महामन्त्री गंगानारायण श्रेष्ठसहितका नेताहरुले माग पुरा गराउनको सरकारमा बस्नुको औचित्य समाप्त भएको बताएका छन् । तर उपप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष यादव तत्काल सरकार छोड््ने पक्षमा छैनन् ।

यादव त्यस्ता नेता हुन, उनी पार्टी सिद्धान्तलाई तिलान्जली दिएरै भए पनि, सधै सक्ता र शक्तिमा बस्न रुचाउने व्यक्ति हुन् । सोही कारण पार्टीका अधिकाँश नेताहरुले सरकार छाड्न दवाव दिईरहदा पनि उनी मौन छन् । कात्तिक २८ गते संघीय परिषद र कात्तिक २९–३० गते केन्द्रीय समिति बैठकमा भने यादव ईतर पक्षले सरकारबाट बाहिरिने वा रहिरहने भन्ने विषयलाई चर्काउने भएका छन् ।

अर्कोतिर राष्ट्रिय जनता पार्टी राजपासँग पार्टी एकता गर्ने भनिए पनि समाजवादी पार्टी सरकारमै रहेकाले यो एजेण्डा थाति छ । उसले एकताका लागि समाजवादीसंग सरकारबाट बाहिरिनुपर्ने शर्त राखेको छ । जसले गर्दा पनि समाजवादीलाई अव सरकारमा बस्ने वा सरकार छोडेर राजपासंग एकता गर्ने भन्ने विषयमा नेताहरु केन्द्रित हुन थालेका छन । राजपाको त्यो शर्तले समाजवादीलाई सरकारबाट बाहिरिन दबाब पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot