
काठमाडौं, कार्तिक २१ । राष्ट्रिय ध्वजा वहाक नेपाल वायुसेवा निगमले मार्च महिनासम्म जापानको नारिता, साउदी अरेबियाको रियाद र चीनको क्वाङचाउ उडान गर्ने बताएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सम्बद्ध मुलुकले उडान अनुमति दिनासाथ निगम उड्न तयारी अवस्थामा रहेको दाबी गरे ।आजको आर्थिक अभियान दैनिकमा खवर छ ।