काठमाडौं, कार्तिक २१। वायु सेवा निगमले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ड्युटी फ्री सम्बन्धी आफ्नो वेबसाईटमा राखेको गलत सूचना हटाएको छ ।
नागरिक उड्ययन क्षेत्रका विज्ञ ई दिपेन्द्र कँडेलले रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम गर्दै निगमलाई उक्त गलत सुचना हटाउन ४८ घण्टे अल्टिमेटम सहित चेतावनी दिएका थिए ।
कँडेलले अध्यागमनको वेभसाइटमा गलत सुचना राखेर लाखौ स्वदेशी तथा विदेशीलाई ठाडै ठगिरहेको समेत आरोप लगाएका थिए ।
उक्त खालका गलत सुचना राख्नु भन्दा ड्युटि फ्रि सम्बन्धी व्यवस्था लागूगर्न पनि उनको माग रहेको थियो । कँडेलले व्यवस्था नभएको गलत सूचना दिएर स्वदेश तथा विदेशी यात्रुहरुलाई दिउँसै ठग्ने काम गरेको भन्दै निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई सरकारले अविलम्ब निलम्बन गर्नुपर्ने माग समेत गरेका थिए ।