काठमाडौं, कार्तिक २१ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा रेडियोधर्मी पदार्थसम्बन्धी विधेयकमा छलफल गर्दै धेरैजसो विज्ञ, सांसद तथा सरकारी अधिकारीहरुले नेपालमा ‘पारिमाणविक न्यूक्लियर अनुसन्धान केन्द्र’ स्थापना गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
केही विज्ञहरुले भने अनुसन्धान केन्द्रका नाममा यूरेनियमको ओसारपसार हुन सक्ने भन्दै अघि नबढ्न सुझाएका छन् । ‘रेडियोधर्मी पदार्थको नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि समितिको बुधबार बसेको बैठकमा बोल्दै अधिकांश विज्ञ तथा सरकारी अधिकारीहरुले अनुन्धान केन्द्र स्थापना गर्नुपर्ने धारणा व्यक्त गरेको आजको कान्तिपुर दैनिकमा खवर छ ।