Logo

आज उम्मेदवारी मनोनयन



काठमाडौं, कार्तिक २१ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने दिन आज बिहीबार तोकिएको छ।निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्न आज बिहीबारको दिन तोकेको हो।

आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन कात्तिक २१ गते बिहीबार शुरू हुने जनाएको छ।

कात्तिक २१ गते बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन हुनेसहितको कार्यतालिका सार्वजनिक गरिसकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot