Logo

रुप ज्योती पूर्व राजा ज्ञानेन्द्रले सत्ता लिंदा मन्त्री बनाइएका थिए



काठमाडौं, २१ कात्तिक । तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका बेला अर्थ सहायकमन्त्री बनाइएका रुप ज्योती पक्राउ परेका छन् । उनलाई सिंगापुरबाट स्वदेश फर्किएलगत्तै बुधबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले उनी पक्राउ परेको पुष्टि गरेको छ । ठगीको अभियोग लागेका उनी लामो समययता अदालतमा मुद्दा खेप्दै आएका थिए । हाउजिङमा लगानी गर्ने क्रममा उनीमाथि ठगीको अभियोग लागेको हो । करोडौं रुपैयाँ ठगीमा उनीविरुद्ध अदालतमा मुद्दा दायर भएपछि जिल्ला अदालत काठमाडौंले पक्राउ आदेश दिएको थियो । पक्राउबाट बच्न उनी सर्वोच्च अदालत गए । तर, सर्वोच्चले निषेधाज्ञाको रिट खारेज गरिदियो ।

सर्वोच्चको फैसलापछि रुप ज्योतीलाई पक्राउ गर्न बाटो खुलेको थियो । पक्राउपछि उनलाई प्रहरी हिरासतमा राखिएको छ ।

किन पक्राउ परे ज्योती
ज्योती समूहले हाउजिङमा लगानी गर्न ल्यान्डमार्क डेभलपर्स प्रालि दर्ता गर्यो । यसको प्रथम पूँजी १० करोड १० हजार राखियो । ज्योती समूहको ५० लाख शेयर हिस्सा रह्यो । ज्योती समूहकै स्याकर कम्पनिले ९ करोड ५० लाख शेयर लगानी गर्यो ।

ल्यान्डमार्कले घर खरिदका लागि अग्रिम दश लाख उठायो । सात आना जग्गामा घर निर्माणको योजना ल्यायो । धेरैले घर बुक गरे । तर, कतिपयले घर पाएनन् । उनीहरुले ठगी मुद्दा हाले । फैसला पीडितको पक्षमा गयो । जसका कारण रुप ज्योती पक्राउ परे । File Photo



प्रतिक्रिया दिनुहोस्