काठमाडौं, २१ कात्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि विभिन्न दलका प्रतिनिधिहरुले आज उम्मेद्धवारी दर्ता गराएका छन् । उपनिर्वाचनमा काँस्की क्षेत्र नम्बर २ अहिले देशव्यापी रुपमा चर्चाको शिखरमा छ । यो क्षेत्र स्वर्गीय रविन्द्र अधिकारीको क्षेत्र हो । उनको असामयिक निधन भएपछि यो क्षेत्र रिक्त भएको थियो । उनकी पत्नी विद्या भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेद्धवारी दर्ता गराएकी छिन् ।
राससले सार्वजनिक गरेको उम्मेदवारद्वारा एकअर्कालाई शुभकामना दिँदै भन्ने शीर्षकको तस्विरमा कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उप–निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई र साझा पार्टीका उम्मेदवार रजनी केसी मनोनयन दर्तापछि एकअर्कालाई शुभकामना दिएको देख्न सकिन्छ । जहाँ साझा पार्टीका संयोजक रविन्द्र मिश्रपनि केसीको उम्मेद्धवारी दर्ताको लागि सँगै गएका थिए । मिश्र स्वर्गीय अधिकारीका साथी समेत हुन् । तस्बिर : जमुना वर्षा शर्मा