Logo

यस्तो छ टिकटकको स्मार्टफोन



टिकटकको मुख्य निर्माता बाइटडान्सले बजारमा पहिलो पटक स्मार्टफोन ल्याएको छ । यसले स्मार्टफोनका रुपमा जिंगुओ प्रो ३ बजारमा उतारेको हो । मोबाइल स्मार्टिसन ब्रान्डमा उपलब्ध गराइएको छ । चाइनिज फोन निर्माता कम्पनी स्मार्टिसन ब्रान्डको प्याटेन्ट तथा ट्यालेन्टलाई टिकटकले किनेको समाचार आएको करिब एक वर्षपश्चात टिकटकले स्मार्टफोन बजारमा ल्याएको हो ।

प्रयोगकर्ताहरुले यो स्मार्टफोनको लक स्क्रिन स्वाइप गर्दा चाइनिज भर्सनको टिकटक “डोउइन” चलाउन सक्नेछन् । त्यसैगरी कुनै पनि अवधिको भिडियोमा टिकटक इफेक्ट तथा फिल्टर प्रयोग गर्न सकिनेछ । यसमा क्वालकम स्न्यापड्रागन ८५५ प्लस चिपसेट, १२ जीबीसम्मको र्याम, २ सय ५६ जीबी स्टोरेज तथा चारवटा क्यामेरा छन् ।

हाल चीनमा मात्र उपलब्ध यो स्मार्टफोनको अन्तर्राष्ट्रिय बजार मूल्य २ हजार ८ सय ९९ युआन अर्थात करिब ४ सय १२ डलर तोकिएको छ ।–साप्ताहिकको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot