Logo

उपेन्द्रलाई सरकारबाट निकाल्न रेणुले ओलीलाई चुनौती दिएपछि जेपीको व्यङ्ग्य



काठमाडौं, २२ कार्तिक । समाजवादी पार्टी नेपाल सरकारमा छ । उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय पाएको समाजवादी पार्टी सरकारमा बस्ने नबस्ने विवाद कायमै छ । अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री छन् । उनी कुनै हालतमा सत्ता छाड्न तयार छैनन् ।

उपेन्द्र यादवलाई सरकार छाड्न अर्का अध्यक्ष डा.बाबुराम भट्टराईले दबाब दिइरहेका छन् । कुनैबेला उनीसँग निकै नजिककी नेता रेणु यादव समेत सरकार छाड्नुपर्ने पक्षमा छिन् । उपाध्यक्ष यादवले हालैमात्र एक पत्रिकालाई अन्तवार्ता दिदै सरकारबाट समाजवादीलाई निकाल्न चुनौती दिएकी छिन् । उनले भनेकी छिन्, प्रधानमन्त्री ओलीजीलाई आँट छ भने निकाल्नुहोस् । त्यसपछि हामी के गर्छौं त्यो हामी सोच्छौं ।

रेणु यादवले उपेन्द्र यादवलाई अप्ठ्यारो पर्ने गरी अन्तवार्ता दिएपछि कुनैपनि एउटै दलमा रहेका जयप्रकाश गुप्ताले व्यङ्ग्य गरेका छन् । उनले लेखेका छन्, ‘गाउँ तिरको प्रचलित उखान छ जब घर भित्रै बैरी लुकी बसेको छ भने बाहिर शत्रु खोजेर के गर्नु ।’ जेपीले रेणु उपेन्द्रको शत्रु बनिसकेको आशयसहित ट्वीटर गरेका हुन् । Photo Source: Twitter



प्रतिक्रिया दिनुहोस्