Logo

प्रमको ह्वीप लत्याएर विदेश भ्रमणको लर्को



काठमाडौं, कात्तिक २३ । अहिले विभिन्न मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरू विदेश भ्रमणमा रमिरहेका छन् । तर, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय भने आफैंले दिएको निर्देशनविपरित यस्तो कार्य भइरहदा पनि बेखवरजस्तै बनिरहेको छ । नत उसले कसैको भ्रमणको उद्देश्य, कामको निगरानी र उपलव्धी नियालिरहेको छ । फेरि कसैलाई कडाईं वा कारवाही पनि गर्न सकेको छ । परिणामत दर्जनौ कर्मचारी विदेश उडेका छन् । उनीहरूको वाहाना विभिन्न कार्यक्रममा सहभागी हुन जान लागेको देखाइए पनि उद्देश्य भनेको सवैको विदेश शयर गर्ने नै रहेको पाईन्छ ।



प्रतिक्रिया दिनुहोस्