Logo

दोस्रो विवाह मुद्दाः जिल्ला अदालतमा सदर, उच्चमा बदर



काठमाडौं, कार्तिक २३ । जिल्ला अदालतले मान्यता दिएको दोस्रो विवाहको एक मुद्दा उच्च अदालतबाट बदर भएको छ। काठमाडौं जिल्ला अदालतले गत भदौमा सदर गरिदिएको नारायण महत र दुर्गा श्रेष्ठको दोस्रो विवाहको मुद्दा उच्च अदालतले बिहीबार बदर गरिदिएको हो। काठमाडौं गोकर्णेश्वरमा बस्दै आएका उनीहरूले २०७१ सालमा ‘डिपेन्डेन्ट’मा जापान जान कानुनी विवाह गरेका थिए।

महतकी पहिली पत्नी सावित्री महतले आफूसँग विवाह सम्बन्ध कायम हुँदाहुँदै अर्को विवाह गरेको भन्दै जाहेरी दिए पनि काठमाडौं जिल्ला अदालतले भदौ ५ गते दोस्रो विवाहलाई नै सदर गरेको थियो।

जिल्ला अदालतबाट सो बहुविवाहलाई सदर गरेपछि सावित्रीले पाटन उच्च अदालतमा पुनरावेदन गरेकी थिइन्। विदेश जाने बहानामा अदालतलाई नै ढाँटेर दोस्रो विवाह गरेको खुलेपछि उच्च अदालतले जिल्ला अदालतको फैसला बदर गरिदिएको हो। मुद्दा बदर भएसँगै उनीहरू अहिले थुनामा छन्। आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot