भारतको सर्वोच्च अदालतले अयोध्याको हिन्दु र मुसलमानबीचको विवादास्पद जमिन हिन्दुलाई राम मन्दिर निर्माणका लागि दिने फैसला सुनाएलगत्तै भारतीय प्रधानमनमन्त्री नरेन्द्र मोदीले हिन्दु र मुसलमान दुवै समुदायलाई सद्भाव राख्न अपिल गरेका छन् । उनले शनिबार ट्वीटमार्फत् कसैको हार या जीत नसोच्न भने ।
मोदीले ट्वीटमा भनेका छन्, ‘यो फैसलालाई कसैको हार या जीतका रुपमा देख्नु हुँदैन । रामभक्ति या रहीमभक्ति किन नहोस् यो समय सबैले भारत भक्तिको भावना सशक्त गर्ने बेला हो । देशवासीलाई म शान्ति, सद्भाव र एकता कायम राख्न अपिल गर्दछु ।’
अयोध्याको जनिमा हिन्दुको पक्षमा फैसला भएपछि हुनसक्ने सम्भावित हिंसालाई दृष्टिगत गरी मोदीको पछिल्लो ट्वीट आएको हो । यसैगरी, भारतका विशिष्ट अधिकारीहरुले पनि शान्ति र सद्भावका लागि अपिल गरेका छन् ।
सम्भावित हिंसाको खतरालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । उत्तर प्रदेशमा तीन दिनसम्म विद्यालय र कार्यालयहरु बन्द गरिएका छन् । File Photo