काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र कालापानी विवादबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा प्रमुख दलका प्रायः शीर्ष नेता सबै उपस्थिति छ । प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरु हिँड्दै बालुवाटारभित्रै रहेको मिटिङ रुममा हिँड्दै आएका थिए ।
यसरी हिँडेर आउनेमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्ण सिटौला, रमेश लेखकलगायत छन् ।
भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि प्रधानमन्त्रीले यस विषयमा सर्वदलीय बैठक डाकेका हुन् । बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु, दलका प्रतिनिधिहरुका साथै सीमा विज्ञहरुलाई पनि बोलाइएको छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम