Logo

बल्ल खुल्दैछ नेपाल सरकारको आँखा



आफ्नो देशको विकासका लागि विदेशी दातृ निकायको मात्रै मुख ताकेर बस्ने नेपाल सरकारको धेरै ढिला आँखा खुल्न थालेको छ । केही भोगाई र गुमाइपछि उसले जलविद्युतको क्षेत्रमा आफैं लागानी गर्न थालेको छ । परिणाम त सरकारको अनुदानमा अब मुलुकमा पहिलोपटक साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । बागलुङको ताराखोला गाउँपालिका–५ मा ३८४ किलोवाट क्षमताको आयोजनाबाट विद्युतको परीक्षण उत्पादन सुरु भएको छ । स्थानीय समुदायको सेयर, लगानी तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत उपलब्ध गराइएको अनुदानसहित करिब २२ करोड रुपियाँको लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको छ । यसमध्ये केन्द्रबाट ९ करोड २७ लाख रुपियाँ अनुदान दिइएको छ । साथै स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५० लाख रुपियाँसमेत आयोजनालाई उपलब्ध गराइएको छ ।
२०६९ सालदेखि निर्माण पहल हुँदैआएको उक्त आयोजना केन्द्रको ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत २०७४ चैतदेखि निर्माण थालिएको हो । २२ सय घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउने गरी बनेको सो आयोजनाबाट अहिले ११ सय घरधुरीमा विद्युत् पुर्इयाइएको छ । सर्वसाधारणसहित ५० भन्दा बढी ढुंगाखानी, २५ फर्निचर उद्योगले विद्युत् सेवा पाएका छन् । स्थानीय ताराखोलाको पानी दुई किलोमिटर कुलो हुँदै ११८ मिटर अग्लो पेनस्टक पाइपमार्पmत टर्वाइनमा पुर्याइएको छ । दुई टर्वाइनमा प्रतिसेकेन्ड ४२३ लिटर पानी प्रवाह गरी विद्युत् उत्पादन गरिएको छ । सामुदायिक स्वामित्वको मोडेलमा बनेको प्रवद्र्धक ताराखोला जलविद्युत् लिमिटेडमा स्थानीय १६ सय जना सेयर सदस्य रहेका छन् । आयोजना निर्माणका लागि सेयर स्वामित्वका साथै अन्य लगानी पनि सेयर सदस्यले नै जुटाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्