उत्तराखण्डको चमोली जिल्ला र काश पर्वतमा हेमकुण्ड साबिह तीर्थस्थल रहेको छ । त्यो साहिब जी सिखोंका एक प्रमुख धार्मिक स्थल हो । हेमकुण्ड हिउँबाट बनेको ताल हो,जुन सात वटा ठूला पर्वतले घेरिएको छ । जसलाई हेमकुण्ड पर्वत पनि भन्ने गरिन्छ ।
कार्तिक पूर्णिमामा मनाउने प्रकाश पर्वमा यहाँ ठूलो मेला लाग्ने गर्छ । यो वर्षको प्रकाश पर्व कात्तिक २६ गते परेको छ ।
हेमकुण्ड साहिबमा सिखोंका दशौं गुरु गुरुगोबिन्द सिंहले करिब ने करीब २० वर्ष तपस्या गरेको भनाइ रहेको जुज ठाउँमा गुरु जीले ध्यान गरेका थिए त्यहीँ ठाउँमा गुरुद्वारा बनाइएको छ । गुरुद्वाराका साथमा पवित्र सरोवर रहेको छ जसलाई हेम सरोवर भनेर चिनिन्छ । गुरुद्वारामा निधार राख्नुभन्दा पहिला श्रद्धालूहरुले यस पवित्र सरोवरमा नुहाउने गर्दछन् । यहाँ नजिकै भगवान लक्ष्मणको मन्दिर अवस्थित छ ।
भनिन्छ,सबैभन्दा पहिले गुरुगोबिन्द सिंह यस मन्दिरमा पूजा गर्नका लागि आएका थिए । त्यो जगा गुरु गोबिन्द सिंहको आत्मकथामा पनि मिलेको छ । दश ग्रन्थका अनुसार पाण्डु राजा यस ठाउँमा योग गर्ने गर्दथे । संत सोहन सिंहले सिख धर्मको उपदेश दिने गर्थे । उनले एक पटक उपदेश दिदैँ जाँदा गुरु गोबिन्द सिंहलाई तपस्या स्थलको याद आयो र जगा खोज्ने काम सुरु गरे । धेरै खोजतलास गरेपछि उनले आफ्नो गुरुको पवित्र स्थलको दर्शन पाए ।
गुरु गोबिन्द सिंह आउनु भन्दा पहिले नै त्यस ठाउँलाई तीर्थस्थल मानिन्थ्यो । त्यस ठाउँलाई पहिले लोकपाल भनिन्थ्यो । जसको अर्थ विश्वको रक्षा हो ।
भनिन्छ, लोकपाल त्यहीँ जगा हो, जहा भगवान लक्ष्मणले ध्यान गरेर बसेका थिए । हेमकुण्ड साहिबका नजिक सप्तऋषि चोटियाँ रहेको छ, जहाँ खालसा पन्थ प्रतिक झण्डा फरफराइ रहेको देख्न सकिन्छ । -धार्मिक ग्रन्थको सहयोगमा