कौरव र पाण्डको शिक्षा पूरा भएपछि द्रोणाचार्यले आदेश दिए-राजा द्रुपदलाई बन्दी बनाएर मेरो सामुन्ने लिएर आओ ! मलाई दिने गुरुदक्षिणा यही हुनेछ ।
महाभारतमा पृषत नाम गरेका एक राजा भरद्वाजमुनिका साथी थिए । उनको छोराको नाम द्रुपद थियो । भरद्वाज आश्रममा बसेर द्रोणाचार्यका साथमा द्रुपद शिक्षा लिने गर्दथे । त्यस समय द्रोण र द्रुपद मिल्ने साथी थिए । एक दिन द्रुपदले द्रोणाचार्यसँग भने-जब म राजा बन्छु तिमी मसँगै बस्नु, मेरा सम्पूर्ण राज्य,संपत्ति र सुख सबैमा तिम्रो पनि मेरो समान अधिकार हुनेछ ।
जब राजा पृषतको मृत्यु भयो त्यसपछि द्रुपद पांचाल देश का राजा बने । अर्को तर्फ द्रोणाचार्य पिताको आश्रममा बसेर तपस्या गर्न थाले । द्रोणाचार्यको विवाह कृपाचार्यको बहिनी कृपीसँग भयो । कृपीले अश्वत्थामालाई जन्म दिइन् ।
त्यहाँ अरु ऋषिपुत्रहरु मनग्य दुध पिउँथे । तर, द्रोणपुत्रले त्यो अवसर पाउँदैनथिए । एकदिन अश्वत्थामा दूध पिउनका लागि रुन लागे । किनभने गाई नभएको हुनाले द्रोणाचार्यको दुधको व्यवस्था मिलाउन सेकेनन् । त्यसकारण उनी धेरै दुखित भए ।
द्रुपद राजा बनेको जब द्रोणाचार्यले थाहा पाए । उनले बाल्यकालमा द्रुपदले भनेका कुरा सम्झे र उनलाई भेट्न गए । त्यहाँ गएर द्रोणाचार्यले द्रुपदसँग भने- म तिम्रो बाल्यबालको साथी हुँ । द्रोणाचार्यको यस्तो कुरा सुनेपछि राजा द्रुपदले अपमान गर्दै भने- कहीँ एक राजा र एक साधारण ब्राह्मण कहिल्यै साथी बन्न सक्दैन । राजाको गरीबसँग साथी हुन सक्दैन ।
द्रुपदको यस्तो व्यवहार द्रोणाचार्यलाई ठीक लागेन र जसरी पनि द्रुपदसँग अपमानको बदला लिने सोच्दै हस्तिनापुर गए । त्यहाँ गएर केही दिन गोप्य रुपमा कृपाचार्यको घरमा बसे ।
एक दिन युधिष्ठिर र राजकुमार मैदानमा बल खेलिरहेका थिए । त्यसपछि बल गहिरो कुवामा खस्यो । राजकुमारले बल निकाल्नका लागि धेरै कोशिस गरे तर बल निकाल्न सकेनन् । द्रोणाचार्यले राजकुमारको बल निकाल्ने असफल प्रयास देखिरहेका थिए ।
राजकुमारसँग भने- म तिम्रो बल निकालिदिन्छु, तिमी मेरो लागि खानको व्यवस्था गर ।
द्रोणाचार्यले सानो प्रयासबाट बल निकालिदिए । त्यो देखेर राजकुमार अचम्मित भए । उनले यो घटना पिता पितामाह भीष्मलाई बताए । सबै कुरा थाहा पाएपछि भीष्मले सम्झे, उनी पक्कै द्रोणाचार्य नै हुन् । भीष्मले आदरपूर्वक द्रोणाचार्यलाई हस्तिनापुर लिएर गए । उनले कौरव र पाण्डवका अस्त्र विद्या सिकाउने जिम्मेवारी दिए ।
जब कौरव र पाण्डवको शिक्षा पूरा भयो तब द्रोणाचार्यले कौरव र पाण्डवलाई भने- तिमीहरु पाँचाल देशका राजा द्रुपदलाई बन्दी गरी मेरो सामुन्ने लिएर आओ यहीँ मेरो लागि गुरुदक्षिणा हुनेछ ।
गुरुको आज्ञा पालनाका निमित्त पहिला कौरवले राजा द्रुपदमाथि आक्रमण गरी बन्दी बनाउने प्रयास गरे तर उनी सफल भएनन् । त्यसपछि पाण्डवले अर्जुनको सहायतामा राजा द्रुपदलाई बन्दी बनाए र गुरु द्रोणाचार्यको सामु लिएर गए । त्यसपछि द्रोणाचार्यले उनको आधा राज्य दिए र आधा आफूसँग राखे । राजा द्रुपद र द्रोणाचार्य एक समान भए ।
कुनैबेलाका परमभित्र द्रोणाचार्य र द्रुपद जीवनभर दुश्मन बने । उनीहरुले महाभारतको युद्धमा पनि पक्ष विपक्षमा रहेर लडे । मृत्युपर्यन्त यो दुश्मनी अन्त भएन ।
–धार्मिक ग्रन्थको सहयोगमा