Logo

भारतको विरोधमा माइतीघरमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २४ कात्तिक । विद्यार्थीहरुले भारतको विरोधमा आज प्रदर्शन गरेका छन्। भारतले हालै सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्शामा लिपुलेक र कालापानी राखेको थियो । नेपालमा त्यसको विरोधमा दिनदिनै विरोध तथा प्रदर्शन भैरहेका छन् ।

आइतबार स्कुल लागेको दिन विभिन्न विद्यालयबाट उपस्थित विद्यार्थीहरुले दिउँसो माइतीघर मण्डलामा भव्य विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागीहरुले ‘भारतीय जाली नक्सा खारेज गर, ’सीमा मिच्न पाइदैन’, ’सिमानामा नेपाली सेना तैनाथ गर, ’असमान सन्धी सम्झौता खारेज गरजस्ता नारा अंकित पम्पलेट बोकेका थिए।

विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार नेत्रविक्रम चन्द नेतृत्वको समूहको विद्यार्थी संगठनले गरेको प्रदर्शनमा सहभागी विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो । माइतीघर मन्डलाबाट निकालिएको जुलुुसमा कोटेश्वरस्थित सरस्वती माध्यमिक विद्यालयका कक्षा–८ देखि कक्षा–१२ सम्मका विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।

 तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot