Logo

ग्लोबल आईएमई बैंकले थप्यो १० शाखारहित बैंकिंङ सेवा



काठमाडौं, २४ कात्तिक । ग्लोबल आईएमई बैंकले एकैपटक १० विभिन्न स्थानमा आफ्नो शाखारहित बैंकिंङ सेवा थालेको छ । बैंकले बाग्लुङको ताराखोला गाउँपालिका वडा नं. २ अर्गल, नवलपुरको गैडाकोट नगरपालिका वडा नं. ३, ढोडेनी, बैतडीको पुर्चौडी नगरपालिका वडा नं. ५, कुवाकोट, बाग्लुङ्को जैमिनी नगरपालिका वडा नं. ८, अर्के छिस्ती, म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. १, बेगखोला, मकवानुपरको बागमती गाउँपालिका वडा नं. ६, फापरबारी र रोल्पाको रोल्पा नगरपाकिला वडा नं. ३, सातदोबाटो, लुंग्री गाउँपालिका वडा नं. ३, जुटुङ्ग खोला, गंगादेवी गाउँपालिका वडा नं. १ ओत र परिवर्तन गाउँपालिका वडा नं. ६, नाफेमा शाखारहित बैंकिङ सेवा थालेको हो ।

यीसहित बैंकका शाखारहित बैंकिङ सेवा संख्या १ सय ९४ भएका छन् । यी शाखाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने र झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम लगायतका युटिलिटीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा रहेको बैंकले विज्ञप्तिमार्पmत जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्