Logo

शेखर गोल्छालाई अध्यक्षको बाटो खुला



काठमाडौं, २४ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा स्थगित गर्ने निर्णय, शेखर अध्यक्ष बन्ने काठमाडौं । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउने उद्देश्यसहित आगमी कात्तिक २९ डाकिएको विशेष साधारणसभा स्थगित हुने भएको छ । गत शुक्रबार बसेको विधान संशोधन समितिको बैंकले प्रक्रिया नपु¥याई विधान संशोधन गर्न खोजिएको भन्दै फरकमत आएपछि विशेष साधारणसभा स्थगित भएको हो ।

विधान संशोधन समितिका संयोजक चण्डीराज ढकालको अध्यक्षतामा बसेको बैठकले विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो । विधान संशोधन स्थगित भएपछि वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष बन्ने बाटो खुल्ला भएको छ । विधान संशोधनको रस्साकस्सीले महासंघको राजनीतिक केही महिनादेखि तातेको थियो । विधान संशोधनको विपक्षमा महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारकासहितको पदाधिकारी एकातर्फ थिए भने ढकालसहित जिल्लारनगर उपाध्यक्ष किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठ समूह अर्कोतिर विभाजित भएका थिए । एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल भने कतै नलागी तटस्थ देखिए ।
विशेष साधारणसभा बोलाउने प्रक्रियामा निर्वतमान अध्यक्ष मुरारका, गोल्छा, रञ्जित आचार्य, कृष्णप्रसाद दुलाल, विजय वैद्य लगायतका ८ जनाले फरकमत राखेका थिए । दशैं अघिसम्म दुई पक्षबीच विधान संशोधनको पक्ष र विपक्षमा तानातान भइरहेको थियो । दशैंपछि भने मुरारका र ढकाल पक्षबीच भएको ‘गोप्य’ छलफलमा सहमति भएको थियो । त्यो सहमतिपछि विधान संशोधनको विपक्षमा किशोरसमेत देखिए । दशैं अघिसम्म अध्यक्षको निर्वाचन हुनुपर्ने पक्षमा देखिएका किशोरले एकाएक क्याम्प परिवर्तन गरेर कुनै हालतमा अध्यक्षको निर्वाचन हुनु नहुने अडानमा थिए ।



प्रतिक्रिया दिनुहोस्