काठमाडौं, २४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको कामकारबाहीबारे छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा हेरफेर गर्न लागेको चर्चा चलिरहँदा बैठक बस्न लागेको हो । चुनावलगत्तै प्रधानमन्त्रीले मन्त्रिमण्डलमा व्यापक हेरफेरको तयारी समेत गरेका छन् ।
बैठकमा उपचुनावमा पार्टीको तयारीलगायतका विषयमा समेत छलफल हुने बुझिएको छ । कालापानीलाई समेटेर भारतले नयाँ नक्शा जारी गरेपछि उत्पन्न परिस्थित र सरकारले चाल्ने कदमका बारे पनि छलफल हुने बताइएको छ । File Photo