Logo

कालापानी सीमा विवाद: हामीसँग बलिया प्रमाण छन्



काठमाडौं, कात्तिक २५ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले लिम्पियाधुराबाट आएको काली नदी नै नेपाल र भारतको सिमाना भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले सुगौली सन्धिले काली नदीलाई स्पष्ट रूपमा सिमाना किटान गरेको चर्चा गर्दै लिम्पियाधुरा नै काली नदीको मूलप्रवाह भएको स्पष्ट पार्न खोजेका छन्।

लिम्पियाधुरा नै नेपाली भूमिको सिमाना हो भन्नेमा कुनै विवादै हुन नसक्ने उनको भनाई रहदै आएको छ । त्यसका थुप्रै प्रमाण रहेकोे र सीमा नदीका विषयमा विवाद देखिए हाइड्रोलोजी जलवायु विज्ञान अध्ययनमार्फत किनारा लगाउन सकिने उनले जानकारी गराए ।

उनले ढिलो भए पनि कालापानीको विषय महत्वपूर्ण ढङ्गले उठेको चर्चा गर्दै राष्ट्र एकताबद्ध र एकढिक्का भएर नेपाली भूमि फिर्ता ल्याउन पहल गरिनुपर्ने धारणा राखेका छन् । नेबपालसंग बलिया प्रमाणहरु रहेको बताउदै उनले पहलकदमी गरेर समस्या समाधान गर्नुपर्नेमा जोडदिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्