Logo

स्थानीयको विरोधपछि गोविन्द केसीलाई लिन गएको हेलिकप्टर रित्तै फर्कियो



काठमाडौं, २५ कात्तिक। चिकित्सा शिक्षा सुधारको माग लिएर डडेल्धुरामा आमरण अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई लिन गएको हेलिकोप्टर स्थानीयहरुको अवरोधका कारण रित्तै फर्किएको छ ।

डा केसीलेपनि जबरजस्ती अन्यत्र नजाने अडान लिएका थिए । अनसनका कारण डा केसीको स्वास्थ्य बिग्रिएपछि सरकारले उनलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो।



प्रतिक्रिया दिनुहोस्