Logo

नेविसंघमा पेचिलो बन्दै उमेरहद : नेतृत्वविहिन अवस्था कहिलेसम्म ?



काठमाडौ । नेपाल विद्यार्थी संघका नेताहरुले विधान विपरित तदर्थ समिति बनाउन लागेको भन्दै नेतृत्वको विरोध गरेका छन् । काठमाण्डौको पद्मकन्या क्याम्पसमा आयोजित एक अन्तक्रिया कार्यक्रममा नेताहरुले माउ पार्टी नेपाली कांग्रेसको नेतृत्वको प्रवृत्तिप्रति असन्तुष्टी व्यक्त गरेका हुन् । नेविसंघको विधान विषयमा सम्पन्न अन्तक्रिया कार्यक्रममा नेविसंघलाई विधान विपरित गठन नगर्न ध्यानाकर्षण गराएका हुन् ।

नेविसंघमा ३२ वर्ष मुनिको उमेर हदबन्दी तोकिने तर नेतृत्वले आफ्नो सहजताको लागि विधान मिच्दा भोलि समग्र संगठनिक अवस्थामा पर्ने असरको को जिम्मेवार भन्दै संयोजक कार्यक्रम संयोजक सुशील भट्टले पार्टी नेतृत्वतर्फ प्रश्नचिह्न तेस्र्याए । देशभरिबाट पार्टीले हार्दे गर्दा नेविसको लागि पार्टीले बनाएको विधान आफैले कार्यन्वयन गर्न नसक्नुले पार्टी थप कमजोर बन्दै गएको भट्टको तर्क थियो ।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य भट्टको संयोजनमा सम्पन्न कार्यक्रममा उपनिवार्चनका कांग्रेसका उम्मेदवारहरुलाई जिताउन सहयोग गर्नु साथै भारत तथा चीनले नेपाालको स्वाभिमान माथि लगाएको गिद्धे दृष्टिलाई अब नेवि संघले कसरी लिने भन्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष रामप्रसाद अधिकारी, पुर्व सहमहामन्त्री डिल्लिराम सुबेदी, बलदेब तिमल्सिना, विद्यार्थी नेताहरु निरञ्जन थापा, भगवत रेग्मी, उमेश थापामगर, इश्वर अधिकारी, शैलेन्द्र शर्मा गौडेल, नवराज त्रिपाठी, हरि आचार्य, रत्नहरी ढुंगेल, मेली शाह, पुन्य बस्नेत, जानुका पन्त, रुपा शर्मा, तुलसा पन्त, दीपक भन्डारी, स्वच्छा उप्रेती, सुवास अधिकारी तथा सुवास घिमिरे लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

साथै कार्यक्रममा सत्याग्रही गोविन्द केसिका मागहरूमा समर्थन गर्दै मागहरू संबोधन गर्नको निम्ति सरकारलाई दबाब सृर्जना गराउन चरणवद्ध आन्दोलन गर्ने विषयले प्रवेश पाएको नेविसंघका नेता निरञ्जन थापाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्