Logo

१२ मेडिकल कलेजद्वारा २ अर्ब ८५ करोड गैरकानुनी असुली



काठमाडौं, कार्तिक २६ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा मेडिकल कलेजहरूले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्कका नाममा गैरकानुनी रूपमा रकम असुली गरेको उजुरीका आधारमा छानबिन गर्ने क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।

छानबिनका क्रममा मेडिकल कलेजहरूले प्रतिविद्यार्थी २ लाखदेखि २५ लाख ४१ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क उठाउने गरेको पाइएको छ ।

उजुरीपछि केन्द्रले समिति बनाएर छानबिन थालेको थियो । यी कलेजले शैक्षिक वर्ष २०१४ देखि २०१८ सम्ममा विभिन्न शीर्षकअन्तर्गत अतिरिक्त शुल्क असुल गरेको केन्द्रको दाबी छ ।राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्