Logo

कैलाश पर्वत उठाउने रावणले यसकारण शिवधनुष उठाउन सकेनन्



रावण एक अहंकारी मनुष्य थिए । उनी कैलाश पर्वत उठाउन सक्थे । तर शिवधनुष उठाउन त के हल्लाउन पनि सक्दैनथिए। धनुषको छेउमा अहंकारी र शक्तिशाली उनी घमण्डका साथ गएका थिए । धनुष उचाल्न जति बल प्रयोगगर्थे त्यति नै असफल हुन्थे । त्यहाँ सबै राजाहरु आफ्नो अहंकार र शक्तिको कारण हारेका थिए ।

जब श्रीरामको पालो आयो उनले सम्झे यो कुनै साधारण धनुष होइन । भगवान शिवको धनुष हो । त्यसैले सबैभन्दा पहिले उनले धनुषलाई ढोगे । धनुषलाई परिक्रमा गरेर सम्पूर्ण सम्मान दिए । विनयशीलता र निर्मलताका समक्ष धनुषको भारीपन आफै घट्दै गयो । उनले धनुषलाई प्रेमपूर्वक उठाए त्यसपछि धनुष आफैं भाँच्चियो ।
भनिन्छ जुन प्रकार सीताले शिवजीको ध्यान गरेर सजिलैसँग बिनाबल धनुष उठाउँथिन् । त्यही प्रकारले श्रीरामले पनि शिवको ध्यान गरी धनुष उठाउने प्रयास गरे त्यसैले उनी सफल भए ।-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्